No ads found for this position
No ads found for this position

पाकिस्तानको टी-२० टोली घोषणा, प्रमुख खेलाडीहरू बाबर, रिजवान र आफ्रीदी परेनन्

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
७ जेठ २०८२ १२:५६
1.3k
Shares
No ads found for this position

काठमाडौं । पाकिस्तानले बंगलादेश विरुद्धको आगामी टी-२० शृंखलाका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ, जसमा सिनियर स्टार खेलाडीहरू बाबर आजम, मोहम्मद रिजवान र शाहीन अफ्रिदीलाई समावेश गरिएको छैन। छनोटकर्ताहरूले जारी पीएसएलमा प्रदर्शनका आधारमा टोली छनोट गरिएको बताएका छन्।

सलमान अली आघाले टोलीको नेतृत्व गर्नेछन् भने शादाब खान उपकप्तान हुनेछन्। फखर जमान, हरिस रौफ र नसीम शाह फर्किएका छन् भने दक्षिण अफ्रिका भ्रमणको क्रममा लागेको गोलीगाँठोको चोटबाट निको भएर साईम अयुबले पुनरागमन गरेका छन्।

२०१८ मा अन्तिम पटक टी-२० खेलेका पीएसएलका शीर्ष रन स्कोरर साहिबजादा फरहानलाई पनि फिर्ता बोलाइएको छ। २९ वर्षीय यी खेलाडीले १० इनिङमा १५४.५० को स्ट्राइक रेटमा ३९४ रन बनाएका छन्। योसँगै पाकिस्तानको प्रशिक्षकको रूपमा माइक हेसनको कार्यकालको सुरुवात भएको छ। लाहोरमा हुने तीन खेलको शृङ्खलाको मिति चाँडै घोषणा गरिनेछ।

पाकिस्तानी टोलीः सलमान अली आगा (कप्तान), शादाब खान (उपकप्तान), अबरार अहमद, फहीम अशरफ, फखर जमान, हरिस रउफ, हसन अली, हसन नवाज, हुसैन तलत, खुशदिल शाह, मोहम्मद हरिस, मोहम्मद वसीम जुनियर, मोहम्मद इरफान खान, नसीम शाह, साहिबजादा फरहान, साइम अयुब।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *