No ads found for this position
No ads found for this position

आईपीएल २०२५ः पावर प्लेमा यशस्वी जैसवालले सबैभन्दा धेरै छक्का प्रहार गरे

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
८ जेठ २०८२ ८:५८
1.3k
Shares
No ads found for this position

काठमाडौं। इन्डियन प्रिमियर लिग आईपीएल २०२५ को पावर प्लेमा राजस्थान रोयल्सका ब्याट्सम्यान यशस्वी जैसवालले सबैभन्दा धेरै छक्का प्रहार गरेका छन्। यो सूचीमा १४ वर्षीय वैभव सूर्यवंशीको नाम पनि परेको छ।

यशस्वी जैसवालले आईपीएल २०२५ को पावरप्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । जैसवाल बाहेक मिचेल मार्स, अजिंक्य रहाणे, प्रभसिमरन सिंह र वैभव सूर्यवंशीको नाम पनि परेको छ । जैसवालले पावरप्लेमा २०८ बल खेलेका छन् । यस अवधिमा उनले २२ छक्का प्रहार गरेका छन् । जैसवालले यो सिजन कुल २८ छक्का प्रहार गरेका छन् । जैसवालले १४ खेलमा ४३ को औसत र १६० को स्ट्राइक रेटमा ५५९ रन बनाएका छन् ।

लखनऊ सुपर जायन्ट्सका ओपनिङ ब्याट्सम्यान मिचेल मार्स यो सूचीमा दोस्रो स्थानमा छन् । मार्सले पावर प्लेमा १६० बलको सामना गरेका छन् । यस अवधिमा उनले १८ छक्का प्रहार गरेका छन् । मार्सले यो सिजन ११ खेलमा कुल २४ छक्का प्रहार गरेका छन् ।

पावर प्लेमा सर्वाधिक छक्का प्रहार गर्नेमा कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणे तेस्रो स्थानमा छन् । रहाणेले ११९ बलको सामना गर्दै १५ छक्का प्रहार गरेका छन् । यो सूचीमा पञ्जाब किंग्सका ओपनिङ ब्याट्सम्यान प्रभसिमरन सिंह पनि परेका छन् । प्रभासिमरनले पावरप्लेमा १६८ बलको सामना गरेका छन् । यस अवधिमा उनले १४ छक्का प्रहार गरेका छन् ।

उता, १४ वर्षीय राजस्थान रोयल्सका ओपनर ब्याट्सम्यान वैभव सूर्यवंशीले यस वर्षको आईपीएलमा दबदबा कायम गरेका छन् । उनले यो सिजन पावरप्लेमा ७० बल खेले। यस अवधिमा उनले १४ छक्का प्रहार गरेर सबैभन्दा कान्छो खेलाडीकोसमेत नयाँ रेकर्ड बनाएका छन् ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *