पदाधिकारीसहित शीर्ष नेतासँग छलफल गर्दै देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँग छलफल गर्ने भएका छन्।
आज सभापतिले पार्टी पदाधिकारी तथा शीर्ष नेतासँग छलफल गर्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले आजको छलफल औपचारिक पदाधिकारी बैठक भने नभएको प्रस्ट पारेका छन्।
बैठक सभापति देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment