दुर्गा प्रसाईंविरुद्ध दुई दिन म्याद थप

डिसी नेपाल
८ जेठ २०८२ १६:१८
148
Shares

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी दुर्गा प्रसाईंसहित ५३ जनालाई अनुसन्धानका लागि थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

उनीमाथिलाई आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराधमा अनुसन्धान भइरहेकोमा अदालतले दुई दिन म्यान थप गरेको हो।

गत १५ चैतमा काठमाडौंको तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। प्रहरीले उक्त घटनामा संलग्न रहेको आशंकामा केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *