विद्युतका कर्मचारीको करेन्ट लागेर मृत्यु

डिसी नेपाल
९ जेठ २०८२ १३:४३
3.1k
Shares

दाङ । रूकुम पश्चिममा गएराति करेन्ट लागेर एक जना विद्युतका कर्मचारीको ज्यान गएको छ।

रूकुम पूर्वको सिस्ने गाउँपालिका–३ का २९ वर्षीय खिमबहादुर खड्काको विद्युत मर्मतका लागि पोलमा चढेको समयमा करेन्ट लागेर ज्यान गएको हो।

मुसीकोट नगरपालिका–४ बोहरागाउँमा विद्युत मर्मतका लागि खड्का पोलमा चढेको समयमा करेन्ट लागेर मृत्यु भएको रूकुम पश्चिम प्रहरीले जनाएको छ।

खड्का नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रूकुम पूर्वमा सेवा करार हेल्परमा कार्यरत थिए। शव पोष्टमर्टमका लागि जिल्ला अस्पताल सल्लेमा पठाइएको जानकारी दिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *