प्रतिनिधिसभा बैठक भोली १ बजेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोली १ बजेसम्मका लागि स्थगित भएको छ ।
सूचना टाँस गरेर अपरान्ह साढे ३ बजेलाई तय गरिएको बैठक चल्न नसके पछि भोली दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षीले निरन्तर सदन अवरुद्ध गरेपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए।
तर, गृह मन्त्री लेखकले राजिनामा नदिएसम्म सदन चल्न नदिने अडानमा बिपक्षी दल रहेपछि सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर ३:३० बजेका लागि बैठक तय गरिएको थियो।
सो समयसिमामा पनि सहमति नभए पछि भोली १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment