राष्ट्रिय एकता प्रवर्द्धन गर्न गणतन्त्र दिवसबाट ऊर्जा मिल्ने
गण्डकी। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अठारौँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्।
आज जारी गरेको शुभकामना सन्देशमा उनले राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन यो दिवसबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।
सन्देशमा उनले सङ्घ, प्रदेश र स्थानीय सरकार मिलेर सामाजिक न्याय, समावेशिता, सुशासन र विकासका निम्ति काम गर्नुपर्नेमा जोड दिएका छन् । “गणतन्त्रले हामी सबैलाई अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको छ ।
जनतामाथि आधारित शासन प्रणालीमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । देश र प्रदेशको समुन्नतिका लागि हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ”, सन्देशमा भनिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment