टिपरको ठक्करबाट बालिकाको मृत्यु
रौतहट । बाराको कलैयामा टिपरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित बालमन्दिर अगाडि ना १ क ८०५६ नम्बरको टिपरले ठक्कर दिदा बालिकाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा भारतको बिहार राज्यको घोडासहन घर र कलैया उपमहानगरपालिका वडा नम्बर २४ मा मामाघर भएकी ५ वर्षीया सिवानी गुप्ता रहेको बारा प्रहरीले जनाएको छ।
आइतबार दिउँसो २.३० बजेतिर टिपरको ठक्करबाट गम्भीर घाइते सिवानीलाई उपचारका लागि एलएस न्यूरो अस्पताल नौतनमा पुर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको अस्पतालका प्रशासन शाखा प्रमुख नन्देश सिंहले बताए।
उनका अनुसार उपचारका क्रममा सिवानीको ४:०५ मा ज्यान गएको हो। ठक्कर दिने टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment