साझा यातायात र प्रहरीको बस सेवा सुचारु
काठमाडौं। अन्य यातायात बन्द हुँदा पनि साझा यातायातले २१ वटा बसमार्फत नियमित रुपमा सेवा प्रदान गर्दै आएको छ।
सोमबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सबै सार्वजनिक सवारी साधन बन्द गरेको अवस्थामा पनि साझा यातायातले एयरपोर्ट, बानेश्वर, रत्नपार्क, नागढुंगा, लगनखेल, नयाँ बसपार्क र लगनखेल नारायणथानको रुटमा नियमित रुपमा सेवा प्रदान गरिरहेको छ।
यसको साथै, नेपाल प्रहरीले पनि निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएको छ।
नेपाल प्रहरीले निःशुल्क बस सेवा उपलब्ध गराएको रुट नम्बर १ नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुल्चोक, नयाँ बानेश्वर, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ रहेको छ।
यस्तै, रुट नम्बर २ विमानस्थल, कोटेश्वर, थिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, गौशाला, रत्नपार्क, बालुवाटार, शिक्षण अस्पताल, चक्रपथ, तीनकुने, रातोपुल रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment