देशका विभिन्न स्थानमा सात जनाको शव फेला

डिसी नेपाल
२० जेठ २०८२ १२:३८
7.5k
Shares

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा सात जनाको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-३१ भीमसेन गोलास्थित भत्केको पुलमुनी पहिचान नखुलेका अन्दाजी ४९ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन्।

मोरङको लेटाङ नगरपालिका-३ ईमानसिंह चेम्जोङ पार्क अगाडि सोही नगरपालिका-६ सालबारी बस्ने ६० वर्षीय शन्त बहादुर दर्जी सोमबार मृत अवस्थामा फेला परेका छन्।

सप्तरीको राजबिराज नगरपालिका-१२ बस्ने २२ वर्षीय राधेश्याम खंग बिष्णुपुर गाउँपालिका-६ गोरगामास्थित नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

धनकुटाको धनकुटा नगरपालिका-१ हिले थिङटोल बस्ने ८१ वर्षीय चन्द्र बहादुर राई सोही ठाउँस्थित विद्युत कार्यालय छेउमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

प्युठानको प्युठान नगरपालिका-४ कार्कीडाँडा बस्ने ७५ वर्षीय हर्क बहादुर नेपाली आफ्नै घरको पिँढीमा सोमबार मृत अवस्थामा फेला परेका छन्।

चितवनकझ इच्छाकामना गाउँपालिका-४ कुरिनटार बजारमा पहिचान नखुलेका अन्दाजी ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन्। सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *