अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण

डिसी नेपाल
२० जेठ २०८२ १६:३१
84
Shares

म्याग्दी। अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको अन्नपूर्ण आधार शिविरमा अन्नपूर्ण हिमालको प्रथम आरोहण गर्ने टोलीका सदस्यको सालिक स्थापना भएको छ।

अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवत्सवका अवसरमा आज अन्नपूर्ण आधार शिविरमा निर्मित सालिकको ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले अनावरण गरे। अन्नपूर्ण गाउँपालिकाले प्रथम आरोहण टोलीको अगुवा फ्रान्सका मौरिज हर्जोग, लुई लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना गरेको हो।

उक्त स्थानमा हालसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका ५३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुल्ला संग्रहालय पनि स्थापना भएको छ। नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा आज विविध कार्यक्रम गरी अन्नपूर्ण हीरक महोत्सव मनाइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *