लघुकथा : धर्म

भूमिका गैरे तिमिल्सिना
२४ जेठ २०८२ ७:१५

`ए लौ न, गाडीले मान्छे हान्यो।´आत्तिएको स्वरमा सुरेश कराए।

बिहानीको समय सुरेश चोकतिर निस्केका थिए। आँखै अगाडि भएको दुर्घटना देखेर उनी त्यतैतिर दौडिए। मान्छेको भिड जम्मा भयो।

`को मान्छे रहेछ? कसलाई हो हानेको? स्थिति कस्तो छ?´ भिडबाट आवाज आयो।

`बुढी आमा बाटो काट्न लागेकी थिइन् रे! गाडी पनि कति तीब्र गतिले चलाएको हो कुन्नि ? बाटोभरि रगतै रगत छ। अब पुलिसलाई फोन गर्नु पर्‍याे। ´भिडबाट अर्को आवाज आयो।

भिडका मान्छे सबै रमिते बनेका थिए। सबैलाई फोटो खिँच्न मात्र हतारो देखेपछि सुरेशले भने,` तुरुन्तै अस्पताल पुर्‍याउन पाए बाँच्थिन् कि?´

भिडबाट कसैले भन्यो , `लाँदा लादै बाटोमा केही हुने हो कि? घर परिवार को हुन्? केही थाहा छैन। पछि अप्ठ्यारो पर्ने पो हो कि? फेरि पैसा पनि खल्तीमा छैन। पुलिसलाई खवर गरौं´

सुरेश अघि सरे र भने , ` घाइते मर्न आटिसक्यो। पहिला अस्पताल लैजाऔं। बाँकी कुरा पछि गरौंला।´ उनले नै एम्बुलेन्स बोलाए। पुलिस पनि त्यतिखेरै आइपुगे। पुलिसले एम्बुलेन्सभित्र घाइतेलाई राख्यो र अस्पतालतिर दौडायो।

अवस्थाको मूल्यांकन गर्दै सुरेशले मनमनै सोचे, `आजकलका मानिसहरू मानवीय धर्मभन्दा पनि प्रचारबाजीमा बढी रमाउने भएका किन होला?´




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *