सप्तकोशीमा अभ्यास गर्दै गर्दा सशस्त्रका दुई जना गोताखोर बेपत्ता

डिसी नेपाल
२२ जेठ २०८२ १९:३५
384
Shares

इटहरी (सुनसरी)। सप्तकोशी नदीमा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका छन्। सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालयले सप्तरी र सुनसरीलाई छुट्याउने सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा गोताखोर बेपत्ता भएको जानकारी दिएको छ।

बेपत्ता हुनेमा दन्तकाली तालिम केन्द्र बरमजियाका प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी रहेको कार्यालयले जनाएको छ। उनीहरू विपद्का बेला नदीमा फसेका व्यक्तिहरुको उद्धार गर्ने तरिका सिक्नका लागि अभ्यास गर्दै थिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले बेपत्ता भएका गोताखोरहरूको खोजी भइरहेको बताए। उनले भने, ‘बेपत्ताको खोजीमा तीव्रता दिएको छ। आवश्यक सहयोगका लागि स्थानीय प्रशासनसँग समन्वय गरिरहेको छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *