जिर्ण अवस्थामा नेपालको पहिलो ट्रेन (तस्बिरहरू)

डिसी नेपाल
२५ जेठ २०८२ १७:३०
128
Shares

काठमाडौं । नेपालमा सन् १९२७ मा चन्द्र शमशेरका पालामा पहिलोपटक रेल सञ्चालनमा आएको थियो।

प्रथम विश्वयुद्धमा बेलायतलाई सैन्य सहायता उपलब्ध गराएबापत युद्ध सकिएपछि बेलायतले नेपाललाई २१ लाख रुपैयाँ प्रदान गरेको थियो।

त्यतिबेला देशको आन्तरिक ढुकुटीबाट प्रधानमन्त्रीको तजबिजमा जे-जसरी खर्च हुने गरेको भए पनि बेलायत सरकारबाट प्राप्त त्यो २१ लाख रुपैयाँलाई भने प्रधानमन्त्री चन्द्र शमशेरले अन्यत्र कतै नखर्ची विकास निर्माणमा लगाए।

त्यही रकमबाट त्यतिबेला रक्सौल-अमलेखगञ्ज रेल सञ्चालनमा आएको थियो। नेपालको पहिलो रेल कोलकातामा अवस्थित मार्टिन एन्ड कम्पनीले बनाएको थियो।

यात्रुवाहक त्यो रेल ७६२ एमएम न्यारो गेजको थियो र वाफ (स्टिम) इन्जिनबाट सञ्चालन हुन्थ्यो। तर, यतिबेला त्यो रेल जिर्ण अवस्थामा पुगेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *