कपिलको शोमा सिद्धु फर्किए, अब पूरै सिजनमा जजको रूपमा रहने
काठमाडौं । द ग्रेट इन्डियन कपिल शर्मा शोको तेस्रो सिजनको प्रतीक्षा गरिरहेका फ्यानहरूले ठूलो खुशीको खबर पाएका छन्। नवजोत सिंह सिद्धु लगभग ६ वर्षपछि शोमा फर्किँदैछन्।
२०१९ मा सिद्धुले राजनीतिक कारणले शो छोडेका थिए । तर अब उनी वर्षौंपछि पुनरागमन गर्दैछन्। नेटफ्लिक्समा आउने कमेडी शोको प्रोमो सेयर गर्दै सिद्धुको पुनरागमनको घोषणा गरिएको छ। साथै, शोको सुरुवात मिति पनि सार्वजनिक गरिएको छ। कपिलको शो जुन २१ बाट नेटफ्लिक्समा प्रसारण हुनेछ।
प्रोमोमा कपिलले अब आफ्नो परिवार ठूलो भएको बताएका छन्। यसअघि कमेडी शोमा सिद्धुको ठाउँमा अर्चना पुरण सिंहले काम गरेकी थिइन् । कपिलले अब शोमा दुई जना जज हुने बताएका छन् । शोमा अर्चनासँगै सिद्धु पनि देखिनेछन्। यसको अर्थ अर्चना शोमा नै रहनेछिन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment