प्रतिपक्षीको आग्रहमा संसद बैठक दुई दिनपछि सारिएको होः महेश बर्तौला

डिसी नेपाल
२६ जेठ २०८२ १९:०५
96
Shares

काठमाडौं। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रहमा संसद बैठक दुई दिनपछि सारिएको बताएका छन्।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले मंगलबारसम्ममा सहमति खोज्न प्रयास गर्ने प्रस्ताव प्रतिपक्षीले राखेपछि संसद बैठक दुई दिनपछि सारिएको बताएका हुन्। उनले सत्तापक्ष अधिक लचकताका साथ प्रतिपक्षीसँग सम्वादमा बसेको धारणा राखे।

प्रतिपक्षीले हौसिएर भिजिट भिसा प्रकरण निकालेर सदन अवरुद्ध पारेको भन्दै उनले अब सदनको अवरोध हटाउने जिम्मेवारी पनि प्रतिपक्षीकै रहेको बताए। बर्तौलाले प्रतिपक्षी दलसंग सहमतिको कुनै ड्राफ्टमा छलफल नभएको स्पष्ट पारे।

उनले संवैधनिक आयोगले अनुसन्धान गरिरहेको विषयमा त्यसको निष्कर्ष नआइ अन्य कुनै आयोग वा समिति बनाएर छानबिन गठन गर्नु उपयुक्त नहुने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *