चिनियाँ राजदूतद्वारा झापाको अर्जुनधारामा विभिन्न कार्यक्रमहरूमा सहभागिता

डिसी नेपाल
२७ जेठ २०८२ १५:२८
12
Shares

झापा। आज चिनियाँ राजदूत झापाको अर्जुनधारा नगरपालिका पुगेर विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुका साथै स्थानीय उद्योगहरूको अवलोकन गरेका छन्।

अर्जुनधारामा स्थापित सुपारिको पातबाट निर्मित दुना–टपरी उद्योग, मुडा उद्योग लगायतका साना तथा मझौला उद्योगहरूको निरीक्षण गर्दै उनले स्थानीय स्तरमै भएको उद्यमशीलता र सिर्जनशील प्रयासको प्रशंसा गरे।

राजदूतको आगमनको अवसरमा अर्जुनधारा नगरपालिकाको तर्फबाट बाजागाजा सहित भव्य स्वागत गरिएको थियो। नगरपालिकाका जनप्रतिनिधि, उद्योगी-व्यवसायी, समुदायका अगुवाहरू तथा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा अर्जुनधारा नगरपालिकाको नगरप्रमुख बलदेव गोमदेनले नेपालमा चीनजस्तै समृद्ध विकासको बाटोमा अघि बढ्न सक्ने सम्भावना रहेको भन्दैै त्यसका लागि आवश्यक सुझाव र सहकार्यको अपेक्षा व्यक्त गरे।

साथै, उनले नेपाल–चीन मित्रतालाई थप सुदृढ बनाउँदै विकासका साझा प्रयत्नमा जोड दिने प्रतिवद्धता पनि व्यक्त गरे। त्यसैगरी, शनिश्चरे माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा राजदूतले विद्यार्थीहरूलाई छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण गरे।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र स्थानीय समुदायको उत्साहजनक सहभागिता रह्यो। राजदूतको हातबाट छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरू हर्षित देखिन्थे भने विद्यालय व्यवस्थापन समितिले चिनियाँ पक्षको सहयोगप्रति आभार प्रकट गरे।

यो भ्रमणले नेपाल–चीन मित्रता तथा स्थानीय विकासका क्षेत्रमा सहकार्यलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *