राजर्षि जनक विश्वविद्यालयको पहिलो दिक्षान्तमा ८६ विद्यार्थी दीक्षित

डिसी नेपाल
२७ जेठ २०८२ १८:०३
12
Shares

जनकपुर । मंगलबार जनकपुरधाममा भएको दीक्षान्त समारोहमा प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण ८६ विद्यार्थीलाई दीक्षित गरेका हुन्।

स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण १ सय १४ विद्यार्थीमध्ये ८६ जनाले दीक्षान्त समारोहमा सहभागी हुनेगरी आवेदन दिएका थिए।

त्यस्तै, विश्वविद्यालय टपर चार जना, विभिन्न संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० विद्यार्थी गोल्ड मेडलबाट विभूषित भएका छन्।

त्यस्तै कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुरधाममा राजर्षि जनक विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहमा शासकीय कुव्यवस्थालाई दोषी ठहर गर्दै विश्वविद्यालयको स्थापना र विद्यार्थीहरूको दिक्षान्तमा खुशी व्यक्त गरे।

उनले जनकपुरधामलाई ज्ञानको भूमि रहेको र चार हजार वर्षअघि यहाँ विद्वताको छलफल भएको ठाउँमा आज फेरी विश्वविद्यालय स्थापना भएकोमा खुशी व्यक्त गरे।

उनले शिक्षा प्रणालीको प्राचिनता र पूर्वीय दर्शनको महत्वमा जोड दिदै शिक्षा क्षेत्रमा भएका कमजोरीलाई हटाउने प्रतिवद्धता जनाए।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयका विद्यार्थीलाई प्रेरित गर्दै भने, ‘सफलताका लागि यो शुरुआत महत्त्वपूर्ण छ, ठूलो यात्रा सधैं पहिलो पाइलाबाट सुरु हुन्छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *