लोसपाले ‘लोकतान्त्रिक सहीद सन्तति वृत्ति कोष’ बनाउने
काठमाडौं । ‘सुदृढ तथा शिक्षित समाज निमार्णमा हातेमालो गरौं’ भन्ने उद्देश्यका साथ लोकतान्त्रिक समाजवादी पार्टीले सहीद सन्तति वृत्ति कोषको स्थापना गरेका छन्।
सो पार्टीका महासचिव एवं प्रवक्ता मनिष कुमार मिश्रले मधेस आन्दोलनको समयमा सहादत प्राप्त वीर सहीदका सन्तानहरूको शिक्षामा योगदान पुगोस् भन्ने उद्देश्यका साथ ५१ हजार रकम प्रदान गरि सो कोष स्थापनाको घोषणा गरेका हुन्।
महासचिव मिश्रले आज पर्न गएको आफ्नो जन्मदिनको अवसर पारी सो वृत्ति कोषको घोषणा गरेका हुन्। महासचिव मिश्रले दिएको जानकारी अनुसार
मधेस आन्दोलनमा सहादत प्राप्त परिवारका बालबालिकाको समुचित शैक्षिक उत्थान एवं सामाजिक समावेशीकरणमा केन्द्रित रहने यो कोष कानुनी सल्लाहमा एक विशेष टिमद्वारा सञ्चालित हुनेछ। ञ
‘सहीद परिवारको साथ, सम्पूर्ण समाज’ भन्ने नाराका साथ स्थापित कोषका लागि महासचिव एवं प्रवक्ता मिश्रले व्यक्तिगत तर्फबाट ५१ हजार रूपैयाँसहित प्रारम्भिक योगदान घोषणा गरेका छन्।
सहीदहरूको बलिदानको सम्मान यस अभियानप्रति शुभेच्छुक र पार्टीका अन्य सदस्यहरूको समेत सहयोग र सहकार्यको अपेक्षा गरिएको उनले जनाएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment