डीएसपी भन्दै ठगी गर्ने दुई जना पक्राउ

डिसी नेपाल
२८ जेठ २०८२ १३:०२

काठमाडौं । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा काभ्रेको चौँरी देउरालीका ४५ वर्षीय ज्ञानबहादुर लामा भनिने ज्ञानु तामाङ र सुनसरीको इटहरी पाँचघरेका ४२ वर्षीय रेवती ओझा छन्। उनीहरूलाई जिल्ला प्रहरी परिसर काडमाडौंको टोलीले पक्राउ गरेको हो।

हिरासतमा रहेका मानिसको मुद्दा मिलाइदिने भन्दै उनीहरूले ६ लाख रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका प्रवक्ता तथा एसपी अपीलराज बोहराले बताए।

पक्राउ परेकामध्ये ज्ञानु २० फागुन २०७० मा हातहतियार तथा खरखजना मुद्दामा ५ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेको प्रहरीले बताएको छ।

यसअघि १६ वैशाख २०७० मा परिसर काठमाडौंबाटै सार्वजनिक अपराधमा र ५ कात्तिक २०६७ मा जुवासम्बन्धी कसुरमा पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको प्रहरीले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *