प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध कायमै
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षीले अवरोध जारी राखेका छन्। भिजिट भिसा प्रकरणमा विपक्षी दलले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्।
विपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।
वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरे पनि त्यो निष्कर्षविहीन बनेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment