अनेरास्ववियु महाधिवेशन : मतदान जारी, १५ सय प्रतिनिधि सहभागी

डिसी नेपाल
२९ जेठ २०८२ १४:५०
64
Shares

काठमाडौं । अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको मतदान प्रक्रिया जारी छ।

कीर्तिपुरमा जारी महाधिवेशनमा अध्यक्षका लागि सुजन कडरिया र प्रकाश पौडेल प्यानलबीच प्रतिस्पर्धा हुँदैछ। अखिल महाधिवेशनमा करिब १५ सय प्रतिनिधि सहभागी भएको पूर्वअध्यक्ष सुनिता बरालले बताइन्।

उनले भनिन्, ‘निर्वाचन बिहानैबाट सुरु भएको छ। करिब करिब १५ सय ३७ जना प्रतिनिधि सहभागि हुनुहुन्छ। विभिन्न ४० ठाउँमा मतदान हुँदैछ। विद्युतीय माध्यमबाट मतदान हुँदैछ। अहिलेसम्म शान्तिपूर्ण रुपमा स्वच्छ प्रतिस्पर्धाका साथ सबै निर्वाचनमा सहभागी भइरहनु भएको छ।’

यसैगरी निर्वाचनको भोटिङ प्रक्रिया चार बजेसम्म जारी रहने छ। निर्वाचनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *