ऐतिहासिक उपन्यास तुलुराजा प्रकाशित

डिसी नेपाल
२९ जेठ २०८२ १७:४१
28
Shares

काठमाडौं । मदन पुरस्कार विजेता महारानीका लेखक चन्द्र प्रकाश बानियाँको अर्को ऐतिहासिक उपन्यास तुलुराजा प्रकाशित भएको छ।

म्याग्दी जिल्लाको उत्तरी भेगमा अवस्थित एउटा सुपरिचित ‘मगरबस्ती’ संवत १८९७ श्रावणमा त्यस गाउँमा एउटा कहालीलाग्दो हत्याकाण्ड मञ्चन हुन्छ, राज्यविरुद्ध विद्रोह गरेको निहुँमा तत्कालीन गोर्खाली सेनाले पाखापानीमा चढाई गर्छ। दुई दिनसम्म घनघोर युद्ध हुन्छ, रक्तपात मच्चिन्छ।

गोर्खा राज्यविरुद्ध राहुगाउँ प्रश्रवण क्षेत्रका मगरहरुले किन विद्रोह गरे ? त्यसको कारण के थियो ? परिणाम के भयो ?

त्यही ऐतिहासिक कथालाई केन्द्रमा राखेर बुनिएको औपन्यासिक आख्यान हो तुलुराजा। शिखा बुक्सले प्रकाशित गरेको उपन्यासको ४४० पेज र मूल्य ७९५ रहेको छ। कार्यालय तथा घरसम्म सहज डेलिभरीको व्यवस्थापन पनि रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *