शुक्रबारदेखि प्रसारणमा आउँदै ‘भ्वाइस किड्स’ सिजन-४

काठमाडौं। बालबालिकाको गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ सिजन ४ भोलि (शुक्रबार) देखि प्रसारणमा आउने भएको छ। निर्माणपक्षले आज (बिहीबार) ग्रान्ड प्रिमियर गर्दै शुक्रबारदेखि सुरु हुने जानकारी गराएको हो।
प्रत्येक शुक्रबार र शनिबार राति ८ बजे भ्वाइस किड्स प्रसारणमा आउन लागेको जानकारी गराएको हो। यो सिजनमा कोचका रूपमा सत्यराज आचार्य, मिलन नेवार, खेम सेञ्चुरी र मेलिना राई छन्।
भ्वाइस किड्समा ६ देखि १४ वर्ष उमेर समूहका बालबालिकाले भाग लिँदैछन्। शो हिमालय टिभी र द भ्वाइस अफ नेपालको युट्युबमा दर्शकले हेर्न पाउनेछन्।
प्रतिक्रिया
Facebook Comment