न्यायपरिषद बैठक जारी, उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने तयारी

डिसी नेपाल
३० जेठ २०८२ १०:२१
100
Shares

काठमाडौं। उच्च अदालतमा रिक्त न्यायाधीश नियुक्ति गर्ने विषयमा छलफल गर्न न्यायपरिषदको बैठक बसिरहेको छ।

शुक्रबार विहानैदेखि जारी न्यायपरिषदको जारी बैठकमा उच्च अदालतमा रिक्त २४ जना न्यायाधीश नियुक्तिका विषयमा छलफल भइरहेको छ।

उच्चमा न्यायाधीश नियुक्ति गर्ने विषयमा बिहीबार पनि परिषदको बैठक बसेको थियो। उच्च अदालतमा २४ न्यायाधीशको पद रिक्त छ।

अदालतका अधिकृतहरू, सरकारी वकिल, कानुन अधिकृतहरू र कानुन व्यवसायीबाट उच्च अदालतमा न्यायाधीश नियुक्ति गर्ने कानुनी व्यवस्था छ।
यसअघि मंगलबार न्याय परिषद्ले सर्वोच्च अदालतमा एक सिट खाली राखेर ३ जना न्यायाधीश सिफारिस गरेको थियो।

न्यायपरिषद ऐनमा ‘उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पद रिक्त हुन आएमा न्यायपरिषद्ले त्यस्तो पद रिक्त भएको मितिले तीन महिनाभित्र नियुक्तिका लागि सिफारिश गर्ने’ प्रावधान छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *