सुनचाँदी व्यवसायीको आन्दोलन धनुषामा पनि चर्कियो, सम्पूर्ण पसल बन्द

डिसी नेपाल
३० जेठ २०८२ १३:४९
48
Shares

जनकपुर । धनुषा जिल्लाका सम्पूर्ण सुनचाँदी व्यवसायीहरु आन्दोलित भएका छन्। उनीहरुले जिल्लाभरका पसलसमेत बन्द गरेर आन्दोलनमा उत्रिएका हुन्।

आन्दोलनका सिलसिलामा शुक्रबार जनकपुरधाम सुनचाँदी व्यवसायी संघ र नेपाल सुनचाँदी व्यवसायी संघ धनुषाले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले नीति तथा कार्यक्रममा दुई प्रतिशत विलासिता कर लगाउने सरकारी निर्णयप्रति आपत्ति जनाए।

पत्रकार सम्मेलनमा जनकपुरधाम सुनचाँदी व्यवसायी संघका अध्यक्ष पवन ठाकुरले सरकारले विलासिता करको नाममा दुई प्रतिशत बढाउँदा उपभोक्ता समक्ष ६ प्रतिशत पुग्न जाने बताए।

उनले यसो भयो भने भारतमा सुनको मुल्य सस्तो पर्ने र सोही कारणले सुन खरिद गर्नेहरु भारतीय बजार जान बाध्य हुने जानकारी दिए।

सरकारले कर नहटाए सम्पूर्ण सुनचाँदी व्यापारीले पसल बन्द गरेर पलायन हुने स्थिति सृजना हुने अध्यक्ष ठाकुरले बताए।

यसबाट लाखौं कालिगढ र सुनचाँदी व्यवसायमा आवद्ध व्यक्तिहरु वेरोजगारीको शिकार हुने उनको भनाई छ।

उनले सरकारलाई विलासिता कर हटाउन माग गर्नुका साथै केन्द्रिय संघको निर्णय अनुसार आफूहरुले थप आन्दोनका कार्यक्रमहरु सशक्त बनाउँदै जाने चेतावनी समेत दिए। व्यवसायीहरुले काठमाडौंलगायत देशभरका सहरहरुमा आन्दोलनका कार्यक्रमहरु गरिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *