कविता : कहिले बोल्छौ ?

सुरेश भट्ट आश्रिन
२ असार २०८२ ११:३२
16
Shares

निर्लज्ज छन्
जनताको मताधिकार लिएर
सदनमा बस्ने माननीय
संसद,सभामुख, मन्त्री र प्रधानमन्त्री

विवेकशून्य छ,
यिनी‍हरुका!
लाग्छ,
देशको प्रतिनिधिसभा,

प्रदेशसभा भित्र
मनव मूर्तिहरू राखिएका छन्
देशको समृद्धिको
चित्रकोर्ने चित्रकार
पोडियमबाट भनिरहेको छ-

चिच्याइरहेको छ-
हे!
मानवमूर्ती,
ठूला वडमाला अक्षरमा
म अपराधी हुँ,
म भ्रष्ट हुँ
म दुराचारी हुँ
म मानव तस्करी हुँ
म स्वेच्छाचारी हुँ
म अधिनायकवादी हुँ
म झोले हुँ
भनी लेखी कवुल गर।

सुन्दैनन् मानवमूर्तीहरू
गजधम्म मौन छन्
मौनताले पनि मौन बस्ने बेलासम्म
जनताको आवाज बोल्दैन कोही!

उता परदेशबाट
राता बाक्साहरु बोलिरहेका छन्
कर्णालीबाट आमा सोडिनीहरु बोलिरहेका छन्
सुत्केरी आमाहरू बोलिरहेका छन्

भन तिमी कहिले बोल्छौ ?
देउरालीमा फुलपाती चढाएपछि बोल्छौ ?
रिसोर्टमा भाले ढलाएपछी बोल्छौ ?
कि सोमरस चढाएपछि छौ ?
भन तिमी कहिले बोल्छौ ?
चिहानको मुर्दा बोलेपछि बोल्छौ?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *