विरोधकाबीच प्रतिनिधिसभा बैठक शुरु

डिसी नेपाल
२ असार २०८२ १३:०१
32
Shares

काठमाडौं। रास्वपाकाे विरोधकाबीच प्रतिनिधिसभाको आजको बैठक शुरु भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक केही समय ढिलो गरी शुरु भएको हो।

आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरिनेछ भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

आजै अर्थमन्त्री पौडेलले ‘विनियोजन विधेयक, २०८२’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ।

त्यस्तै, आजको बैठकमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी उ(पहिलो संशोधन) विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेसमेत कार्यसूची रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *