सभामुखसँगको छलफलमा रास्वपा
काठमाडौं । प्रतिनिधिसभा बैठकमा जारी गतिरोध अन्त्यका लागि सहमति जुटाउन सभामुख देवराज घिमिरे प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल जारी छ।
मंगलबार बोलाइएको संसद् बैठकअघि उनी रास्वपाका प्रमुख सचेतक सन्तोष परियारसँग गतिरोध अन्त्यका लागि छलफल गरिरहेका हुन्।
सभामुख घिमिरेको सचिवालयले अहिले रास्वपाका प्रमुख सचेतक परियारसँग छलफल जारी रहेको जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै रास्वपाका सांसदहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment