बलर चम्किँदा नेपाललाई सामान्य लक्ष्य
काठमाडौं। त्रिकोणात्मक ट्वान्टी–२० अन्तरराष्ट्रिय शृङ्खलाकोमा स्कटल्यान्डले नेपाललाई सामान्य लक्ष्य दिएको छ।
स्कटल्यान्डको टिटउट रङ्गशालामा जारी खेलमा नेपालका बलर हावी हुँदा स्कटल्यान्डले नेपाललाई मात्र ९८ रनको सामान्य लक्ष्य दिएको छ। टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले १९.४ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो।
स्कटल्याण्डका लागि माइकल लिस्कले सर्वाधिक ४६ तथा म्याथू क्रसले १५ र ब्राण्डन म्याकमुलनले १० रन बाहेक अन्य ब्याटरले दोहोरो रन बनाउन सकेनन्।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले ४ ओभरमा ११ रन खर्चिएर एक मेडेन राखे। यस्तै दीपेन्द्र सिंह ऐरी र करण केसीले समान दुई दुई विकेट लिए।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment