इजरायलमा रहेका नेपालीको उद्धारको लागि दूतावासद्वारा विवरण संकलन सुरु

डिसी नेपाल
४ असार २०८२ १२:००

काठमाडौं । इजरायलमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरूको उद्धारको लागि विवरण संकलन गर्न सुरु गरेको छ । दूतावासले एक सूचना जारी गर्दै इजरायलमा रहेका नेपालीहरूलाई अनलाइन फाराम भर्न आग्रह गरेको हो ।

सूचनामा दूतावासले उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहने नेपालीहरूलाई एउटा अनलाइन लिंक उपल्ब्ध गराएको छ र यो फाराम भर्न आग्रह गरेको छ ।

‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा/त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ,’ दूतावासले सूचनामा भनेको छ।

उद्धार गर्नुपर्ने र स्वदेश फिर्ता हुन चाहने नेपाली नागरिकले दूतावासले उपलब्ध गरेको गुगल डकुमेन्ट्सको वेब लिंकमा क्लिक गरी विवरण भर्न अनुरोध गरिएको छ । इजरायलमा साढे पाँच हजार नेपाली रहेको दूतावासले जानकारी दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *