सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान

डिसी नेपाल
४ असार २०८२ १४:३२

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

मन्त्रिपरिषद्को असार २ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए।

यससँगै महानिरीक्षक अर्यालले बुधबार उनलाई एक कार्यक्रमका बिच दर्ज्यानी चिह्न प्रदान गरेको सशस्त्र प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *