यस्तो छ ‘रङ डेस्टिनेशन २’ को गीत ‘ब्रेक डान्स’

डिसी नेपाल
६ असार २०८२ १०:२३
40
Shares

काठमाडौंं। सिमा गुरुङ निर्देशित फिल्म हो ‘रङ डेस्टिनेशन २’। फिल्मको पहिलो गीत ‘ब्रेक डान्स’ सार्वजनिक भएको छ। गायिका समिक्षा अधिकारी र गायक ओम सुनारको स्वर रहेको रोमान्टिक गीतमा संगीत पनि गायक सुनारनै दिएका छन्। गीतका शब्द मुना शाहले कोरेकी हुन्।

गीतको भिडियो भने डान्सिङ फेवरमा तयार गरिएको छ। जसमा फिल्मका मुख्य कलाकार आयशा तामाङ र किरण श्रेष्ठ देखिएका छन् । कल्चरल ड्रेस र कोरस समेत प्रयोग गरिएको गीतको भिडियोमा कोरियोग्राफी रोशनी थापा मगरले गरेकी हुन्।

फुलमुन मोसन फिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको फिल्म हरर र थ्रिलर कथामा निर्माण भएको हो । किरण श्रेष्ठ, आयशा तामाङ, कालु राणा, आकी थेक्पा, सुगन तन्दुकर, उज्वल, सञ्जय थापा, सकल रेग्मीलगायतका कलाकारको अभिनय फिल्ममा छ ।

फिल्म कार्यकारी निर्माता सुगन तन्दुकर हुन् भने निर्माता समाइरा तन्दुकार र शर्मिला लामा रहेका छन् । मुस्ताङका बिभिन्न रमणिय स्थानमा छायांकन भएको फिल्मको प्रदर्शन तिमि भने जुर्न बाँकी रहेको छ ।

विदेशका बिभिन्न फेष्टिभलको प्रदर्शनपछि मात्र फिल्म स्वदेशमा प्रदर्शन गरिने निर्देशक सिमा गुरुङले बताइन् । फिल्ममा सञ्जय थापाको द्वन्द्वन्द्ध, रणधीर श्रेष्ठको छायांकन र बनिश शाहको सम्पादन छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *