एएफसी एसियन कप छनोट खेल्ने नेपाली महिला टोलीकाे घोषणा
काठमाडौं। उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट फुटबल प्रतियोगिताका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ।
यही असार १५ गतेदेखि हुने उक्त प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अञ्जिला तुम्बाप्पो सुब्वाको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।
टोलीमा गोलकिपर कप्तान सुब्बासँगै अञ्जना रानामगर र उषा नाथ छन्। त्यस्तै डिफेन्डरमा अमृता जैशी, प्रतीक्षा चौधरी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई रहेका छन्।
मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर र सरस्वती हमाल छन् भने फरवार्डमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल छन्।
उक्त छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’मा रहेको छ। समूह एफमा नेपालसहित उज्वेकिस्तान, लाओस र श्रीलंका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment