कुहिरोले ढाकेको कालिन्चोक भगवती मन्दिर र कुरि बजार (तस्विरहरू)

काठमाडौं । कालिन्चोक भगवती मन्दिर काठमाडौंबाट १३२ किमि उत्तरपूर्वमा रहेको दोलखा जिल्लामा पर्छ।
दोलखा जिल्ला प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण जैविक विविधता, मनोरम दृश्यहरूसँगै, अनेकौँ सम्पदाहरू भएको स्थान हो, जहाँ गौरीशंकर हिमाल, जिरी उपत्यका, शैलुड डाँडा, गौरीशंकर संरक्षण क्षेत्र आदि अनेकौँ पर्यटकीय स्थलहरूले भरिपूर्ण गन्तव्य छन्।
तामाकोसी जलविद्युत् आयोजना, बिगु गुम्बा, च्छोरोल्पा हिमताल, लोपोन्मुख सुरेल र जिरेल जातिको उद्गमस्थलसँगै अनेकौँ सम्पदाले भरिपूर्ण दोलखा जिल्ला धार्मिक एवं प्राकृतिक सम्पदाले भरिपूर्ण केन्द्रको रूपमा रहेको पाइन्छ।
यस्तै यहाँको कालिन्चोक गाँउपालिकाअन्तर्गत पर्ने कुरीगाउँ आजभोलि एक आकर्षक गन्तव्य बनेको छ।
कालिन्चोक भगवती मन्दिर पुग्न केबलकार प्रयोग गर्न सकिन्छ। त्यहाँ दैनिक हजारौं पर्यटक पुग्ने गर्छन्।
यहाँको मौसम उत्तरपूर्व भारतीय हिलस्टेसन दार्जिलिङ, मिरिक वा युरोपको ज्युरिक, साल्सवर्गसँग मिल्दो छ। लोभलाग्दो कुहिरोले बाह्रैमास ढाकिने यो स्थानमा पर्यटकको आकर्षक गन्तव्य हो।
Facebook Comment