मुख्यमन्त्री शाहद्वारा लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन

डिसी नेपाल
७ असार २०८२ २१:२८

लम्की (कैलाली) सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज यहाँस्थित लम्कीचुहा प्रादेशिक अस्पतालको अनुगमन गरेका छन्।

सरकारले यस अस्पताललाई स्तरोन्नति गरी प्रादेशिक अस्पताल घोषणा गरेपछि मुख्यमन्त्री शाहले पहिलोपटक अनुगमन गरेका हुन्। गत जेठ २६ मा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले १५ शय्याको लम्कीचुहा अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरी सुदूरपश्चिम प्रदेश सरकारले सञ्चालन गर्ने स्वीकृति प्रदान गरेको थियो।

प्रदेश सरकारले यस अस्पतालको आकस्मिक कक्ष तथा प्रयोगशालाका लागि रु दुई करोड बराबरको उपकरण हस्तान्तरण गरेको थियो। उपकरण प्रयोग भए नभएको र जनताले सेवा सुविधा पाए नपाएको विषयमा मुख्यमन्त्री शाहले अनुगमनका क्रममा जानकारी लिए। साथै अस्पतालको निर्माणाधीन भवनको जानकारी लिए।

प्रदेश सरकारले लम्कीचुहा अस्पताललाई उपलब्ध गराएको बर्थिङ सेन्टरको आकस्मिक कक्षमा अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटरलगायतका सामग्री प्राप्त गरी सञ्चालनमा ल्याएको र केही उपकरण नयाँ भवन निर्माण सम्पन्न भएपछि सञ्चालनमा ल्याइने अस्पतालका व्यवस्थापक जयन्द्र जैशीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *