तेहरानमा रहेका नेपाल र श्रीलंकाका नागरिकको उद्धारमा भारतले सहयोग गर्ने

डिसी नेपाल
७ असार २०८२ २१:४९
40
Shares

तेहरान। इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकको उद्धारका लागि पहल गर्ने जनाएको छ। नेपाल र श्रीलंका सरकारको अनुरोधमा उक्त प्रयास गरिने दूतावासले जनाएको हो।

‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धार गर्नेछ,’ इरानस्थित भारतीय दूतावासले लेखेको छ। इरान र इजरायलबीच जारी द्वन्द्वका कारण बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै भारत सरकारले इरानबाट भारतीय नागरिकलाई उद्धार गर्न ‘अपरेसन सिन्धु’ सुरु गरेको छ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ’अपरेसन सिन्धु’ अन्तर्गत अहिलेसम्म ५१७ जना भारतीय नागरिक इरानबाट स्वदेश फर्केका छन्। जयसवालका अनुसार इरानबाट भारतीयहरूलाई लिएर एक विशेष विमान जुन २१ मा तुर्कमेनिस्तानको अश्गाबातबाट नयाँ दिल्ली आइपुगेको थियो।

इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ। गत जुन १३ मा इजरायलले इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामक विशाल हवाई आक्रमण गरेपछि द्वन्द्व सुरु भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *