टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि

डिसी नेपाल
८ असार २०८२ ७:१९

काठमाडौं। हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ।

लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा गोल्डेनगेटललाई ८०-७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो।

टाईम्सले खेलको पहिलो क्वाटरमा २०-८ को अग्रता लिएको थियो। दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो। दोस्रो क्वाटर गोल्डेनगेटले १९-१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४-२७ को अग्रता बनाएको थियो।

तेसो क्क्वाटर २६-२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०-४८ को अग्रता बनाएको थियो।

चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो। चौथो क्वाटरमा गोल्डेनगेटले फेरि पुनरागमन गर्दै २४-२० ले आफ्नो पक्षमा पारेको थियो। तर टाईम्सलाई रोक्न सकेन र टाईम्स ८ अंक अन्तरले च्याम्पियन बन्यो।

यसअघि लिग चरणमा पहिलो खेलमै टाईम्सले गोल्डेनगेटलाई पराजित गरेको थियो भने त्यसपछि दोस्रो चरणमा गोल्डेनगेटले टाईम्सलाई हराएर बदला लिएको थियो।

च्याम्पियन टाइम्सले ट्रफी सहित नगद २ लाख हात पा¥यो। यस्तै उपविजेता गोल्डेनगेटले १ लाख तथा तेस्रो भएको हाउण्ड्सले ५० हजार प्राप्त ग¥यो।
प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेअर हाउण्ड्सका विजय बुर्जा घोषित भए।

लिग चरणमा शीर्ष दुई स्थानमा रहेर गोल्डेनगेट र टाईम्सले फाईनलमा स्थान बनाएका थिए।

तेस्रो स्थानको लागि भएको खेलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुरलाई ८०-७५ ले पराजित गर्यो। हाउण्ड्सले पहिलो क्वाटरमा २२–१३ को अग्रता बनाएको थियो। कीर्तिपुरले दोस्रो क्वाटर २२–१९ र तेस्रो क्वाटर २२–२० ले आफ्नो पक्षमा पारेको थियो। तर अन्तिम क्वाटरअघि हाउण्ड्स ६१–५७ ले अघि थियो। चौथो क्वाटर १९-१८ ले आफ्नो पक्षमा पार्दै हाउण्ड्सले खेल जितेको हो।

यस्तै फाईनलअघि सेलेब्रेटी र ईन्ट्रपेनरबीच म्याच भएको थियो। जसमा ईन्ट्रपेनरले सेलेब्रेटी टिमलाई २३-२१ ले हरायो।

नेपाल बास्केटबल संघ (नेबा) को आयोजना तथा हिमालयन जाभाको मुख्य प्रायोजनमा भएको लिगमा कूल ६ टोलीले सहभागिता जनाएका थिए।
पहिलो पटक विकेण्ड कन्सेप्टमा आयोजना गरिएको लिग डबल राउण्ड रोविनको आधारमा खेलाईएको थियो।

पहिलो संस्करण सफलपूर्वक सम्पन्न भएको र आगामी संस्करणमा अझ परिस्कृत गर्दै लैजाने नेबा अध्यक्ष भिमसिंह गुरुङले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको

लघुकथा : लत

२१ असार २०८२ ७:२७

लघुकथा : राजनीति

२१ असार २०८२ ७:२६

कविता : सपनाको उडान

२१ असार २०८२ ७:२८