अमरेश कुमारको अभिव्यक्तिपछि सदनमा नाराबाजी
काठमाडौं। स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले ‘नेपाललाई लिजमा अर्को देशलाई दिऊँ’ भनेर अभिव्यक्ति दिएपछि प्रतिनिधि सभा बैठकमा लफडा भएको छ।
सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाए। त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका हुन्।
सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरित रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए। त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भएको भन्दै आक्रोश व्यक्त गरेका थिए।
उनले एमालेलाई लक्षित गर्दै देशप्रति गद्दार भन्दै आक्रोश व्यक्त गरेका थिए। त्यसपछि सत्तापक्षका सांसद नै नाराबाजीमा उत्रेका थिए।
त्यसै सन्दर्भमा विवाद भएपछि सभामुख देवराज घिमिरले वक्ता अमरेश कुमार सिंहलाई ‘ड्यास छाडेर तल जानू’ भनी निर्देशन दिए। सभामुखले दिएको रुलिङलाई बेवास्ता गरेपछि उनलाई यस्तो निर्देशन दिएका हुन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment