जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ।
बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध प्रहरीको माग बमोजिम पर्सा जिल्ला अदालतले १६ जेठमा पक्राउ पुर्जी जारी गरेको हो।
उनीविरुद्ध आशा कुमारी चौहानले बैंकिङ कसुरमा जाहेरी दिएकी थिइन्। रायमाझीले एभरेष्ट बैंकको चेक २ लाख ७५ हजार रुपैयाँ उल्लेख गरेर दिए पनि रकम पर्याप्त नभएपछि बाउन्स भएको थियो।
पक्राउ पुर्जी जारी भएकी रायमाझी समानुपातिकतर्फबाट सांसद बनेकी थिइन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment