संगीत दिवसमा काठमाडौंमा थारू कलाकारहरूको प्रस्तुति, झुमे दर्शक

डिसी नेपाल
८ असार २०८२ २०:४५
44
Shares

काठमाडौं । विश्व संगीत दिवसको अवसरमा काठमाडौंको कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा थारू कलाकारहरूले मौलिक गीतसहित प्रस्तुति दिएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको बृहत् राष्ट्रिय थारू सांस्कृतिक कार्यक्रममा उनीहरूले आ-आफ्नो ठाउँ विशेषका प्रस्तुतिहरू दिएका हुन्।

कार्यक्रमको उद्‌घाटन प्रमुख अतिथि नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीले गरेका थिए।कार्यक्रममा चौधरीले पहिचानका लागि आफूले सांस्कृतिक क्रान्ति गर्दा जेलमा बस्नुपरेको दाबी गरे।

उनले भने, ‘मैले रेडियो नेपालमा २०४९ सालबाट गीत गाएर सांस्कृतिक क्रान्ति सुरु गरे। जब गणतन्त्र आयो, उनीहरूले थारूको छोराले गीतबाटै पहिचान मागेको देख्न सकेनन्। मलाई थुने। अनि राजनीतिमा म बाध्य भएर आउनुपर्‍यो।’

कार्यक्रममा देशभरका थारू कलाकारहरूले आफ्नो भाषा, संस्कृति र परम्परागत संस्कृति झल्काउने प्रस्तुतिहरू दिएको राष्ट्रिय थारू कलाकार संघका महासचिव विजय चौधरीले बताए।

उनका अनुसार वीर चौधरी, ममता चौधरी, विवेक चौधरी, खेम चौधरी, मनोज महतो, सुनिल चौधरी, आर्या चौधरी, नन्दुराज चौधरी, शिव चौधरीको ग्रुप डान्स, सोमति थारूलगायत देशभरका कलाकारहरूले आ-आफ्नो क्षेत्रका थारू मौलिक संस्कृति झल्‍कने प्रस्तुति दिएका थिए। कार्यक्रममा चार जना अग्रज स्रष्टालाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *