‘क्यारिन’ मा ‘सकारात्मक सन्देश र तेस्रो पुस्ताको प्रयासबाट पारिवारिक मिलन’

डिसी नेपाल
८ असार २०८२ २२:२६

काठमाडौं । नेपाल प्रज्ञाप्रतिष्ठानमा ऋषिराम धमलाको ‘क्यारिन’ उपन्यासको लोकार्पण भएको छ।

प्राज्ञ अमर न्यौपाने प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पत्रकार/समीक्षक राजकुमार बानियाँ, पत्रकार दीपक सापकोटा, अभिनेत्री तथा निर्माता केकी अधिकारी, कवि एक आख्यानकार हेम प्रभास लगायतले पुस्तक लोकार्पण गरेका थिए।

प्रमुख अतिथि प्राज्ञ न्यौपानेले पुस्तकको भाषा प्रस्तुति राम्रो लागेको र प्रेमिल उपन्यासमा विदेशी परिवेशले सुन्दर चित्रण गरेको बताए।

समीक्षक बानियाँले युवा पुस्ता केन्द्रित उपन्यासमा सकारात्मक सन्देश र तेस्रो पुस्ताको प्रयासबाट पारिवारिक मिलन भएको बताए।

पत्रकार सापकोटाले यो उपन्यास अहिलेका युवा पुस्ता जेन जी पुस्ताका लागि लेखिएको जस्तो लाग्यो। उपन्यासले युवा पुस्तालाई मात्र नभई सबै पाठकका लागि पठनयोग्य भएको बताए।

अभिनेत्री अधिकारीले यस उपन्यास पहिलो पटक नेपाली साहित्य पढ्न इच्छुक पाठकहरूका लागि उपयोगी भएको र यो उपन्यास आफूले एकै बसाइमा पढेर सकेको, उपन्यास पढ्दा फिल्म हेरे जस्तो रोमान्चित भएको बताइन्। अबको आफ्नो युरोप भ्रमणमा उपन्यासमा चित्रण गरेका ठाउँहरूमा आफू पनि पुग्ने प्रयास गर्ने बताइन्।

कवि आख्यानकार हेम प्रभासले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा उपन्यासकार धमलाले आफूले राम्रो लेख्ने प्रयास गरेको र सम्पूर्ण पाठकलाई पढेर सुझाव दिन पनि अनुरोध गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *