दुईवटा संसदीय समितिको बैठक बस्दै

डिसी नेपाल
९ असार २०८२ ७:३१
20
Shares

काठमाडौं। आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ। जसअन्तर्गत बिहान ९ बजे अर्थ समितिको बैठक बस्दैछ।

अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको निवेदन उपर छलफल गरिने कार्यसूची रहेको छ।

बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल हुनेछ।

त्यस्तै बिहान ८ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा सम्बन्धमा र समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन सम्बन्धमा छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *