अन्ततः परेश रावल हेराफेरीः३ मा फर्किए
मुम्बइ। अन्ततः हेराफेरी ३ को विवाद अन्त्य गर्दै परेश रावलले फिल्ममा फर्किने भएका छन्। केही समय अगाडि रचनात्मक मतभेदका कारण परेश रावलले फिल्म हेराफेरीः३ छाडेका थिए, जसका कारण फ्यानहरु निकै निराश भएका थिए। तर, अब अभिनेताले फिल्ममा फर्किएको पुष्टि गर्दै सबैसँग मिलेर काम गर्न चाहेको बताएका छन्।
हिमांशु मेहताको पोडकास्टमा परेश रावललाई हेराफेरी ३ को विवादमा प्रश्न सोधिएको थियो। यसको जवाफमा उनले भने, ‘होइन, कुनै विवाद छैन। मलाई लाग्छ, जब मानिसहरूले केहि मन पराउँछन्, तपाईले थप सावधान रहनु पर्छ। दर्शकप्रति हाम्रो केही दायित्व छ। दर्शकले तपाईको धेरै प्रशंसा गरेका छन्। तपाईं चीजहरूलाई हल्का रूपमा लिन सक्नुहुन्न। कडा परिश्रम गर्नुहोस् र तिनीहरूलाई दिनुहोस्। त्यसैले सबैले हात मिलाउनुपर्छ, मिहिनेत गर्नुपर्छ भन्ने मेरो मान्यता थियो।’
कुराकानीमा परेशलाई अब फिल्ममा देखिने हो कि होइन भनेर सोधिएको थियो। यसको जवाफमा अभिनेताले भनेका छन्, ‘उनी पनि पहिले आउनु पर्ने थियो तर हामीले आफुलाई राम्रो बनाउनु पर्यो। अन्त्यमा सबैजना धेरै क्रिएटिभ हुन्छन्, चाहे त्यो प्रियदर्शन होस्, अक्षय होस् वा सुनील। वर्षौंदेखि उहाँहरू मेरो साथी हुनुहुन्छ।’
परेश रावल हेराफेरीः३ को एक हिस्सा थिए, यद्यपि उनले एक अन्तर्वार्तामा फिल्म छोड्ने घोषणा गरिदिए। फिल्मलाई अक्षय कुमारले निर्माण गर्दैछन्। यस्तो अवस्थामा परेशले एक्कासी फिल्म छोडेको खबर आएपछि अभिनेताको टोलीले उनलाई कानूनी नोटिस पठाएको थियो। अक्षयका वकिल पूजा टिड्केले निर्माण कम्पनीले फिल्ममा धेरै पैसा खर्च गरेकोले यस विषयमा कानुनी कारबाही गर्न सकिने बताइन्।
विवाद चर्किएपछि परेश रावलले फिल्मको साइनिङ रकम ११ लाख रुपैयाँ ५ प्रतिशत ब्याजसहित फिर्ता गरेका थिए। परेश रावलले फिल्म छाड्ने कुरा निर्मातासँग कुरा गर्नुअघि मिडियामा षणा गरेकाले पनि विवाद भएको हो। जो अहिले अन्त्य भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment