माओत्से गुरुङको ‘पेन्सनपट्टा’मा दयाहाङ राई अनुबन्धित
काठमाडौं। कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। यो उनीहरुको दोस्रो सहकार्य हो। यसअघि कलाकार माओत्से गुरुङको डेव्यु निर्देशकिय सिनेमा ‘दयारानी’मा दयाहाङ नै मुख्य भूमिकामा थिए।
दोस्रो सहकार्यलाई अझै परिस्कृत ढंगले अगाडी बढाउनुका साथै अर्को एउटा उत्कृष्ट सिनेमा दर्शकलाई पस्किने प्रयास रहने निर्देशक गुरुङ बताउँछन्। कार्तिक तेस्रो साताबाट फ्लोरमा जाने सिनेमाको शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लाग्ने भएपनि सिनेमाले लोभी केटा कसरी दानी बन्छ भन्ने कथा भन्ने निर्देशक तथा निर्माता गुरुङले बताए।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमाको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन्। दयाहाङ बाहेक सिनेमामा अन्य कलाकार कोको रहने भन्ने चाँडै सार्वजनिक गरिने प्रोडक्सन म्यानेजर डिबी गुरुङले बताए। सिनेमाको सम्पुर्ण छायांकन कास्की जिल्लाको पोखरा आसपासमा गरिने निर्माण टिमले जनाएको छ। सुशन प्रजापनिले खिच्ने सिनेमाको कास्टिङ डिरेक्टर सुरज तमु हुन्।
निर्देशक माओत्से गुरुङको निर्देशनमा निर्माण भएको पहिलो सिनेमा बक्सअफिसमा हिट भएको थियो। चरित्र अभिनेतामा पहिलो रोजाइका कलाकारसमेत रहेका उनी पछिल्लो समय लेखन तथा निर्देशनमा पनि होमिएका छन्। उनले यसअघि गुरुङ भाषाका सिनेमा निर्देशन गर्दै आएका थिए। माओत्से कलाकार तथा निर्देशकसँगै निर्माता पनि हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment