आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

डिसी नेपाल
२० असार २०८२ ७:०८
28
Shares

काठमाडौं। संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ। आज अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो।

अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३’ लाई संशोधन गर्न बनेको विधेयकमा संशोधन प्रस्ताव दर्ता गर्ने संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ।

यसैगरी अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजे बजेका लागि बोलाइएको छ। बैठकमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ माथि छलफल हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *