हिजो निधन भएका फुटबलर डियोगो जोटाको जर्सी ‘रिटायर’

काठमाडौं । इङ्लिश प्रिमियर लिग क्लव लिभरपुलले हिजो निधान भएका आफ्ना पोर्चिगिज खेलाडी डियोगो जोटाको जर्सी नम्बर २० लाई ‘रिटायर’ गर्ने घोषणा गरेको छ । यसको अर्थ आगामी दिनमा लिभरपुल क्लवबाट खेल्ने कुनै पनि खेलाडीले २० नम्बर जर्सी लगाउने छैनन् ।
क्लवले उनको जर्सी नम्बर २० लाई ‘वास्तविक रूपमा अमर’ बनाउने बताएको छ । पोर्चुगल र लिभरपुल एफसीका विंगर डियोगो जोटाको बिहीबार राति कार दुर्घटनामा निधन भएको थियो । उनको निधनको खबरपछि शोकमा फ्यानहरूले उनको २० नम्बरको जर्सी रिटायर गर्न माग गरेका थिए ।
अब, लिभरपुल एफसीले भनेको छ ‘२०२० मा उनको आगमन पछि क्लबमा उनले खेलेको भूमिकाको लागि उनको नम्बर २० “वास्तविक रूपमा अमर” हुनेछ। २० नम्बर जर्सी लगाउने जोटाले क्लवलाई २०२४२५ सिजनको प्रिमियर लिग जिताएको र यो क्लवको पनि २० औं उपाधि भएको क्लवले जनाएको छ ।
जोटाले प्रिमियर लिगमा आफ्नि अन्तिम गोल गएको अप्रिल २१ मा फुलहमविरुद्ध गरेका थिए । यो खेल लिभरपुलले ३-१ ले जितेको थियो । लिभरपुलले आफ्ना कुनै पनि खेलाडीको सम्मानमा उनको जर्सी नम्बर रिटायर गरेको यो पहिलोपटक हो ।
Facebook Comment