गीत मार्फत एलिनाले भनिन्, ‘‘सबैको हाई हाई बन्न सकिँदैन’

डिसी नेपाल
२० असार २०८२ १२:३५
52
Shares

काठमाडौं। गायिका एलिना चौहानको नयाँ गीत ‘सबैको हाई हाई बन्न सकिँदैन’ सार्वजनिक भएको छ। रोमान्टिक शैलीमा तयार एलिनाकै जीवनसँग मेल खाने यो गीतमा शब्द, संगीत कस्तुप पन्तको रहेको छ।

रमेश सेन्चुरीको सङ्गीत संयोजन रहेको गीतको हरेक शब्द गायिका एलिनाले आफ्नै मनका भावना व्यक्त गरे झैँ लाग्छ। रोमान्टिक शैलीको यो गतिको शब्द भने मर्मस्पर्शी छन्।

सारथी म्युजिक प्रालिले उत्पादन गरेको गीतको भिडियो आकर्षक बनेको छ। भिडियोमा स्मारिका ढकालको अभिनय छ। थुप्रै कोरस समेत प्रयोग भएको गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन काजिश श्रेष्ठले गरेका हुन्।

भिडियोमा महेश महराको छायाङ्कन र दीपक विष्टको सम्पादन छ । गीत सार्वजनिक भएको २४ घण्टा नबित्दै १ लाख ७४ बढिले हेरिसकेका छन्। गीतको टिकटक समेत धेरै बनिरहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *