नेपालले जित्यो एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको छ।
अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो। नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो।
शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो।
आजको खेलमा परिमर्जन यादवले तीव्र गतिमा ९ बलमा १३ रन बनाए पनि दोस्रो ओभरमा आउट हुन पुगे। उनले ३ चौका प्रहार गरे। त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईले टोलीको इनिङ्स सम्हाले। दुवैले दोस्रो विकेटका लागि २३ बलमा २७ रन जोडे।
छैठौ ओभरमा बजगाई १३ बलमा २० रन बनाउँदै आएट हुन पुगे। उनले २ प्रहार गरे। प्रतियोगितमा सबैभन्दा धेरै रन बनाएका रौनक श्रीवास्तव पहिलो बलमा नै कपिस वेंकटरामनको शिकार बने।
नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।
Facebook Comment