राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिदैँनः बाबुराम भट्टराई

डिसी नेपाल
२१ असार २०८२ १७:०४
48
Shares

काठमाडौं। पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका छन्।

चन्द्रलोक प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा भट्टराईले अहिले मुलुकको राजनीति विकृत भइसकेको भन्दै राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न नसकिने बताएका हुन्।

उनले फोहर भइसकेको राजनीतिलाई सङ्लो पार्ने प्रयासमा आफूहरु रहेको बताए। राजनीति सुधार भएपछि ऐन कानुन र संविधानमा सुधार गर्न सकिने उनले बताए।

भट्टराईले शिक्षा क्षेत्रबाट निजि क्षेत्रलाई अलग्गाउन नसकिने उल्लेख गर्दै निजि क्षेत्रसंग मिलेर शिक्षा क्षेत्रको सुधार गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तिहरुलाई सम्मान गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *